आसन्न निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगर क्षेत्रमा मतदान केन्द्र र मतगणना स्थलको तयारी पूरा गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएका सबै मतदान केन्द्रमा मतदान सामग्री, कर्मचारी व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा आधारभूत पूर्वाधार तयारी अवस्थामा राखिएको छ। मतदातालाई सहज रूपमा मतदान गर्न सक्ने वातावरण मिलाइएको जनाइएको छ।
मतगणना स्थलमा समेत सिसिटिभी निगरानी, सुरक्षा घेरा, राजनीतिक दलका प्रतिनिधिका लागि छुट्टै बस्ने व्यवस्था तथा आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको छ।
सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र म्यादी प्रहरी परिचालन गरिने जनाइएको छ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको सम्बन्धित निकायले जनाएको छ।
तस्बिरहरू:
-1772633144.jpg)
-1772633144.jpg)
-1772633143.jpg)
-1772633143.jpg)
-1772633143.jpg)
-1772633143.jpg)
-1772633142.jpg)