युट्युबर रतन कार्कीलाई प्रहरीले बोलाएको छ।
बुधबार कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाइएको डिएसपी रविन्द्र खनालले जानकारी दिए।
निर्वाचनको मौन अवधिको क्रममा उनले पोष्ट गरेको सामग्री आचारसंहिता विरूद्ध भएको खनालले बताए।
‘उहाँले भिडिओ हाल्नुभएकाले हामीले बोलाएका थियौं। उहाँ आएर मौन अवधिमा भिडिओ हाल्न नमिल्ने थाहा नभएको बताउनुभयो। भिडिओ हटाएपछि जानुभयो,’ उनले भने।
कार्की हुने निर्वाचनका लागि जापानबाट फर्किएका थिए।
* यसअघि अन्यथा भएकाले सम्पादन गरिएको- सम्पादक