राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरू भएको छ।
बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा परिषदको बैठक सुरू भएको हो।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल र मुख्य सचिव सुमनराज अर्याल सहभागी छन्।
बैठकमा बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित छलफल हुँदैछ।