निर्वाचन आयोगले मतपेटिका हेलिकप्टरबाट गणनास्थलमा पुर्याउने जनाएको छ।
बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमार्फत सचिव कृष्णबहादुर राउतले १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका संकलन गरी गणनास्थलमा पुर्याउने जानकारी दिए।
‘१५ जिल्लाका ६१ स्थानबाट ताप्लेजुङदेखि दार्चुलासम्मका मतदानपछिका ब्यालेट बक्स हेलीबाट संकलन हुन्छ,’ उनले भने, ‘अरू सवारी साधनबाट हुन्छ। त्यसका लागि ढुवानीको रकम जिल्ला निर्वाचन कार्यालयमा पठाइएको छ। सबै सुरक्षा निकायको समन्वयनमा मतपत्र सहितको मतपेटिका ल्याइन्छ।’
उनका अनुसार डोल्पाका २३ र हुम्लाका ४ स्थानमा हेलीबाट मतपत्र, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी पनि हेलिकप्टरबाट पठाइएको उनले बताए।