नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका छन्।
भट्टराईका बुवा भोजप्रसादको निधन भएकोले कोटेश्वरमा किरिया बसेकै स्थानमा पुगेर प्रचण्डले बाबुराम लगायतलाई भेटेका हुन्। भोजप्रसादको माघ २२ गते निधन भएको थियो।
संयोजक प्रचण्डले भोजप्रसादको स्मरण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।