प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज उठाएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उनले यस्तो बताएका हुन्।
उनले नेपाल जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गरे। उनले नेपालले स्पेन भ्रमणका क्रममा एक ढंगले नेतृत्वदायी भूमिका खेलेको बताए।
'यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज, त्यो मात्रै होइन, हामी जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरूको आवाजलाई मुखरित गर्ने काम गरेका छौं। एक ढंगले नेतृत्वदायी भूमिकासमेत खेलेका छौं,' उनले भने।
प्रधानमन्त्री ओलीले रियल मड्रिड रंगशालाको आफूले अवलोकन गरेर र त्यस क्रममा दुई देशको खेल सम्बन्ध अभिवृद्धि गर्नेकुरा र नेपालको खेल र रंगशाला कसरी अघि बढाउने भन्ने सन्दर्भमा थप जानकारी पाएको पनि बताए।