नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्किने विषयमा अचम्मित हुन नपर्ने बताएका छन्।
शनिबार मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक व्यक्ति राजनीतिमा फर्किनु कुनै नौलो विषय नरहेको बताएका हुन्।
'पूर्वराष्ट्रपति पोलिटिकल मान्छे हो। त्यसमा रूची राख्नु उहाँको धर्म हो। के जिम्मेवारी लिने भन्ने कुरा सल्लाहमा हुन्छ,' उनले भने।
यस विषयमा अध्यक्ष ओलीसहित सबैले सल्लाह गर्ने उनले बताए।