संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो २ बजे बस्ने तय भएको छ।
आइतबार दुई पटकसम्म सरेर साँझ एकछिन बैठक बसेर सोमबार दिउँसोसम्मका लागि स्थगित गरिएको थियो।
भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर गर्नुपर्ने विपक्षी दलको अडान र समिति बनाउनु नपर्ने सत्तापक्षको अडानका कारण आइतबार सहमति नजुट्दा प्रतिनिधि सभा बैठक पनि सुरू हुन सकेन।
दलहरूले आज दिउँसो २ बजेभन्दा अगाडि सहमति जुटाउने र बैठक सञ्चालन हुने वातावरण बनाउने बताएका छन्।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।