सत्तारूढ नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको छ।
आज बस्ने बैठकमा राजसंस्था समर्थकहरूले १५ गतेदेखि गर्ने भनिएको आन्दोलनबारे पनि छलफल हुने एमालेले जनाएको छ।