नेकपा (एमाले)को संसदीय दलको बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा पेश गरेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत थिए।।
त्यसको समीक्षा, संसदमा प्रस्तुत हुने विधेयक र त्यसबारेको छलफलका लागि एमालेको संसदीय दल बैठक बस्न लागेको हो।