राजसंस्था पुनर्स्थापनालगायत एजेन्डा लिएका विभिन्न दल तथा अभियानका नेताहरू एकै मञ्चमा देखिएका छन्।
काठमाडौंको शान्तिबाटिकामा सोमबार दिउँसो उनीहरू भेला भएका हुन्।
उनीहरूले आस्थाका बन्दीहरू'लाई रिहा गर्न र धर्मनिरपेक्षता तथा गणतन्त्रको विरोधमा बन्देज लगाउने कानुन बनाउन पाइँदैन भन्दै 'जनप्रदर्शन' गरेका छन्।
राप्रपा, राप्रपा नेपाल, 'संयुक्त जनआन्दोलन समिति', राष्ट्रिय शक्ति नेपाल लगायतले सोमबार दिउँसो शान्तिबाटिकामा 'जनप्रदर्शन' गरेका हुन्।
कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शम्शेर राणा, 'संयुक्त जनआन्दोलन समिति'का संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत सहभागी छन्।
कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि बोलाइएको थियो। उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन प्रतिवेदन बुझाउनका लागि लेखा समिति रहेकोले कार्यक्रममा केही अबेर पुगेका थिए।
गत चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।
राप्रपा महामन्त्री धवल शम्शेर राणा पक्राउ परे पनि उपचारका लागि हाजिरी जमानीमा छुटेका थिए। वैशाख १० गते भारतको मुम्बई गएका राणा वैशाख १४ गते स्वदेश फर्किएर सोमबार शान्तिबाटिकाको कार्यक्रममा पुगेका छन्।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईं भने थुनामै छन्। अदालतबाट अनुमति लिएर उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
तस्बिरहरू:


-1745830961.jpeg)
-1745830960.jpeg)
-1745830960.jpeg)
-1745830959.jpeg)
-1745830957.jpeg)
-1745830958.jpeg)
-1745830958.jpeg)
-1745830959.jpeg)
-1745830957.jpeg)
-1745830956.jpeg)
-1745830956.jpeg)
-1745830955.jpeg)
-1745830952.jpeg)
-1745830954.jpeg)
-1745830954.jpeg)
-1745830955.jpeg)
-1745830953.jpeg)
-1745830953.jpeg)
-1745830952.jpeg)
-1745830952.jpeg)
-1745830949.jpeg)
-1745830951.jpeg)
-1745830951.jpeg)
-1745830952.jpeg)
-1745830949.jpeg)
-1745830949.jpeg)
-1745830949.jpeg)
-1745830948.jpeg)
-1745830947.jpeg)
-1745830947.jpeg)

-1745833175.jpeg)

-1745833174.jpeg)


-1745833170.jpeg)
-1745833172.jpeg)

-1745833171.jpeg)

-1745833170.jpeg)
