प्रतिनिधि सभा बैठक बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।
आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले 'भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१' पेश गर्ने कार्यसूची छ।
त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदीले 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१' पेश गर्ने कार्यसूची छ।
आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले 'नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले 'नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
आजकै बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले 'बैंकिङ् कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।