नेकपा (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा 'युथ सेलिब्रेसन' कार्यक्रम जारी छ।
एमालेको 'युथ सेलिब्रेसन' मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
भृकुटीमण्डपमा कार्यक्रम गरेर एमालेले जनताले जितेको दिन भन्दै 'युथ सेलिब्रेसन' गरेको हो।
भृकुटीमण्डपमा युवालाई आकर्षित गर्न एमालेले विभिन्न कलाकार तथा सांगीतिक ब्यान्डहरूलाई उतारेको छ।
वैशाख ११ गते कमिटीमा भएका ती युवाहरू पनि कार्यक्रममा उपस्थित छन्।