नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शपथ लिएका छन्।
मन्त्री पन्तले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार शपथ लिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले मंगलबार पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका थिए।
यसअघि विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएकी थिइन्।