प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन्।
शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ। अधिवेशन आरम्भको पहिलो दिनको बैठकलाई सामान्यतया प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्छन्।
शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनले समग्र देशको परिस्थिति र संसदको जिम्मेवारीबारे बोल्नेछन्।
यसपालिको बजेट अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ।
यही अधिवेशनबाट बजेट मात्रै नभई विद्यालय शिक्षा विधेयक टुंग्याउने पनि सरकारको उद्धेश्य छ।
त्यसकारण शनिबार र सार्वजनिक बिदा बाहेक संसद बैठक निरन्तर चल्ने तय भइसकेको छ।