नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार वैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको हो।
केन्द्रीय समिति बैठक सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागी हुनेछन्।
कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही समीक्षालगायत विषयमा छलफल हुनेछ।