नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण गरेका छन्।
गोरखा छोप्राकका न्यौपाने कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको ग्रन्थ लोकार्पण कार्यक्रममा सभापति देउवाले बताए। न्यौपाने कांग्रेसबाट तत्कालीन जिल्ला विकास समिति गोरखाको सभापतिसमेत थिए।
न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा ग्रन्थ लोकार्पण गरिएको हो।
न्यौपानेलाई आफूले कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको सभापति देउवाको भनाइ छ।
न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गरेको सभापति देउवाले बताए।
‘स्व.चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको छु। उहाँहरूको नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान रहेको छ। दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली कांग्रेसमा सक्रिय भइ भूमिका खेल्नुभयो,’ सभापति देउवाले भने।
सभापति देउवाले न्यौपानेका दाजु कृष्णप्रसादलाई आफूले जेलमा भेट गरेको र उनी नझुक्ने, जुझारू व्यक्तित्वका रूपमा आफूले पाएको देउवाको भनाइ थियो।
ग्रन्थ लोकार्पण कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस नेता मीनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, कमला पन्त, किरणबाबु श्रेष्ठ, अब्दुल सतारलगायतले धारणा राखेका थिए।
यो पनि: म अलिअलि कांग्रेस र कम्युनिष्ट हुँदै नयाँ विचार बोकेको मानिस हुँ: बाबुराम भट्टराई