सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजभोलि मन्त्रिपरिषद बैठक बस्यो कि डर लाग्न थालेको बताएका छन्।
मन्त्रिपरिषदले केही निर्णय गरिदिने र त्यसको दु:ख आफूहरूले भोग्नुपर्ने हो कि भन्ने डर लागेको थापाको भनाइ छ।
यो पनि: सरकारलाई राम राम!
‘आजभोलि त मन्त्रिपरिषद बैठक बस्यो कि डर लाग्न थालेको छ,’ बौद्धिक पेशाकर्मी अभियानले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘यसले आज एउटा केही निर्णय गरिदिन्छ कि त्यसको दु:ख हामीले व्यहोर्नुपर्ने हो कि जस्तो हाम्रो अवस्था भएको छ।’
उनले सरकारको काम गर्ने गति बढाउनुपर्नेमा जोड दिए।
साथै उनले बिचौलियाहरूको पहुँच प्रधानमन्त्री बेडरूमसम्म हुने गरेको बताए।
‘यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री म भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म हुने भयो,’ थापाले भने।
भिडिओ: