राष्ट्रिय जनमोर्चाका स्वयंसेवकहरूले आन्दोलनको कार्यक्रमपछि नगर सफा राख्न सरसफाइ अभियान पनि सञ्चालन गरेका छन्।
कार्यक्रमपश्चात आन्दोलन स्थलमा उनीहरूले सरसफाइ गरेका हुन्।
राष्ट्रिय जनमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासेले आन्दोलनपछि सबै सहभागीहरूको सहयोगमा नगरको सफाइ गरेको बताए।
उनले भने, 'हाम्रो आन्दोलन केबल राजनीतिक मात्र होइन, हाम्रो उद्देश्य काठमाडौंलाई सफा र स्वस्थ राख्नु पनि हो। हामी आन्दोलन स्थलमा न केवल हाम्रो आवाज उठाउँदैछौं, तर नगरको सरसफाइका लागि पनि योगदान पुर्याइरहेका छौं।'
पार्टीले चैत २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने जनाएको थियो।
प्रदूषणका कारण आन्दोलनका कार्यक्रम दुई दिन घटाएको पार्टीले बताएको छ।
पार्टीले पहिलो दिन शान्ति वाटिका, दाेस्रो दिन चाबहिल र तेस्राे दिन माइतीघर मण्डलमा आन्दोलन गरेको थियो। कार्यक्रमपश्चात उनीहरूले कार्यक्रमस्थलको सरसफाइ गर्ने गरेका छन्।