राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभामा व्यापारीहरूले उल्लेख्य मात्रामा राष्ट्रिय झण्डाको व्यापार गरेका छन्।
कार्यक्रमस्थल वरिपरि विभिन्न साइजका झण्डाहरू बोकेर व्यापारीहरू यताउता गरिरहेका थिए। एउटै व्यापारीले ५ देखि १० हजारसम्म व्यापार गरेको बताएका छन्।
(राप्रपा) ले काठमाडौंको बल्खुमा मंगलबार दिउँसो खबरदारी सभा गरेको थियो।
व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरूद्ध भन्दै राप्रपाले प्रदर्शन र सभा गरेको हो।
खबरदारी सभालाई राप्रपाका नेताहरूले सम्बोधन गरेका थिए।
राप्रपाले वैशाख ७ गतेदेखि काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन गर्ने बताएको छ।
तस्बिरहरू:
-1744110105.jpg)
-1744110099.jpg)
-1744110099.jpg)
-1744110098.jpg)
-1744110095.jpg)
-1744110097.jpg)
-1744110097.jpg)
-1744110098.jpg)
-1744110096.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी