नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन्।
‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु,’ अध्यक्ष 'प्रचण्ड'ले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
त्यसप्रकारको व्यवहार रोक्न उनले आग्रह पनि गरेका छन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ। उनी गत कात्तिक २ गतेदेखि हिरासतमा छन्।
प्रहरीले अदालतबाट छैठौं पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।