प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।
बिहीबार बिहान ११ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायत सत्ता साझेदार दल सहभागी छन्।
उनीहरूबीच संघीयता कार्यान्वयनसँग जोडिएका विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।
‘आजको छलफलको मुख्य विषय नै संघीयता कार्यान्वयन हो। संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले जसरी चासो देखाउनुभएको छ। त्यसमा सत्ता गठबन्धन दलबीच विषयमा एकरूपता कायम गरेर जाऔं भन्ने प्रधानमन्त्रीको कुरा छ,’ उनले भने।