नेकपा (एमाले) को कर्णाली प्रदेशको मतगणनामा गुलाबजंग शाहले अग्रता दोब्बर बनाएका छन्।
दुई सय मत गन्दा शाहले १ सय २१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले ६५ मत पाएका छन्। उपाध्यक्षमा टेकराज पछाईंले १ सय ८ र लालबहादुर महताराले ५९ मत पाएका छन्।
सचिवमा ध्रुव शाहीले १ सय ३७ र रुद्र शाहीले ५१ मत पाएका छन्।
एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो।