नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समिति विस्तार भएको छ।
सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघलाई विस्तार गरेका हुन्। देउवाले २०७८ चैत ९ गते नेविसंघ अध्यक्षमा दुजाङलाई मनोनीत गरेका थिए।
सभापति देउवाले ७७ जिल्लाबाट नै प्रतिनिधि हुने गरी ७ सय १० सदस्यीय नेविसंघ विस्तार गरेका छन्।
देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतको समन्वयमा नेविसंघ विस्तार गरेका हुन्।
महाधिवेशन नहुँदा नेविसंघको तदर्थ समिति गठन गरिएको हो।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले नेविसंघमा ७ सय १० जना सदस्य मनोनीत गरेको बताए।
हेर्नुस् सूची: