नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस स्थापना गर्नुपर्ने बताएका छन्।
बुधबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महरले भने, ‘युवा कांग्रेस स्थापना गरौं। पार्टीमा ऊर्जा दिने र जनताले भरोसा गर्ने केन्द्र बनाऔं।’
उनले पार्टीभित्र आन्तरिक समन्वय आवश्यक रहेको बताए। पदाधिकारी र कार्यसम्पादन समिति बैठकले केन्द्रीय समितिको ओझलाई घटाएको उनको आरोप छ।
उनले स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालनका लागि पार्टीभित्रबाटै एक संयन्त्र बनाउनुपर्ने पनि बताए।
फरक प्रसंगमा उनले कोशी प्रदेशको नामाकरण र त्यहाँ बनेको सरकारका विषयमा पार्टीले पनि धारणा बनाउनुपर्ने बताए।
हालै केन्द्रीय कार्यालयको आयोजनामा भएको जिल्ला सभापति भेलाबारे पनि उनले प्रश्न उठाए।
‘जिल्ला सभापति भेला प्रक्रिया नपुर्याइ गरेको देखिन्छ। केन्द्रीय कार्यालय केन्द्रीय समितिभन्दा बाहिरको होइन,’ उनले भने।