पूर्व डिआइजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन्। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि रास्वपाले खरेललाई टिकट दिएको छ।
चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।
चितवन-२ मा सभापति रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेलले रास्वपाबाट टिकट पाएका हुन्।
शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचन लड्नुको आधार के हो भन्ने पत्रकारको प्रश्नपछि उनले आफ्ना आधारहरू बुँदागत रूपमा बताएका थिए।
आफूले २९ वर्ष देशको सेवा गर्नु नै पहिलो आधार भएको उनले बताए। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत रहँदा गरेको सेवाबारे बताएका हुन्।
‘७७ वटै जिल्ला, १६५ वटै निर्वाचन क्षेत्रमा रमेश खरेल उठ्ने आधारहरू छन्। स्वर्णिम वाग्ले पनि उठ्ने आधारहरू छन्,’ उनले भने, ‘म टेस्टेड मान्छे हुँ। म मौका पाएर इमानदार भएर निस्केको मान्छे हुँ भन्दा घमण्डी नभन्नुहोला। यो मेरो आधार हो।’
हेर्नुहोस् पत्रकार सम्मलेनमा उनले के भने-
यो पनि हेर्नुहोस्- रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्लेले पत्रकार सम्मेलनमा के भने? (भिडिओ)
रास्वपाको पत्रकार सम्मेलनमा रवि लामिछानेले के भने? (भिडिओ)