निलम्बित प्रधान्यायाधीस चोलेन्द्र शमसेरलाई महाअभियोग लगाउने सिफारिसमा एमाले र लोसपाले 'नोट अफ डिसेन्ट' लेखेका छन्।
महाअभियोग सिफारिस समितिको शनिबार बैठकमा सत्तागठबन्धनका सांसदहरूको बहुमतमा उनलाई महाअभियोग लगाउन सिफारिस गरिएको हो। समितिमा गठबन्धनका ६ जना सांसद छन्।
सिफारिस प्रतिवेदनमा एमाले र लोसपाका पाँच जना सांसदहरूले आठ बुँदे 'नोट अफ डिसेन्ट' लेख्दै चोलेन्द्रमाथि छानबिन बाँकी नै भएको बताएका छन्।
एमाले नेता समिति सदस्य विष्णु पौडलेले यो प्रतिवेदनमा आफूहरूको फरक मत रहेको बताए।
'महाअभियोग प्रस्ताव आएको ६ महिनापछि मात्र काम समितिले काम गरेको, छानबिनमा समय अभाव भएको, तथ्य तथा प्रमाण बुझ्न बाँकी रहेको लगायत कारणले गर्दा यो प्रतिवेदनमा हाम्रो फरक मत छ,' पौडेलले भने।
थप सम्बन्धित समाचारः समितिले गर्यो चोलेन्द्र शमसेरलाई महाअभियोग लगाउन सिफारिस
एमाले र लोसपा सांसदहरूको नोट अफ डिसेन्ट यस्तो छः