लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश नम्बर २ संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।
सहमति नभएपछि सोमबार बेलुकी निर्वाचन गरिएको थियो। सोनलले ९ मत ल्याएर संसदीय दलको नेता चयन भएका हुन्।
संसदीय दलको नेताका लागि सांसद उपेन्द्र महतो पनि उठेका थिए। उनको पक्षमा ६ मत मात्रै आएको थियो। एक मत बदर भएको थियो।
प्रदेश नम्बर २ मा लोसपामा १६ जना सांसद छन्। लोसपाले संसदीय दलको विधान पारित गर्दै दलको नेता पनि चयन गरेको हो।
जसपा बन्नुअगाडि राजपा संसदीय दलको नेता पनि सोनल नै थिए।
दलको नेता चयन गर्न केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरू पनि जनकपुरधाममा पुगेका थिए।