नेकपा (एमाले) को दशौं महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्।
२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।
माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ।