नेपाल वायुसेवा निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको चारवर्षे कार्यकाल सकिएको छ।
कार्यकाल सकिएसँगै अध्यक्ष अधिकारी हाल बिदामा बसेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए।
अध्यक्ष अधिकारीको कार्यकाल कात्तिक ७ गतेसम्मको थियो। तिहार बिदा परेकाले उनी कात्तिक ४ गतेदेखि नै बिदामा बसेको प्रवक्ता डाँगी बताउँछन्।
‘तिहार बिदा अघिबाटै उहाँ बिदामा बस्नुभएको हो। कार्यकाल पनि सक्किसकेको छ अब आउनुुहुन्न,’ उनले भने, ‘मिडियामा आएका समाचार गलत हुन्।
मन्त्रिपरिषद्को बैठकले ८ कात्तिक २०७८ मा अधिकारीलाई चार वर्षका लागि कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको थियो। त्यसअनुसार उनको पदावधि ७ कात्तिक २०८२ मा सकिएको हो।
अध्यक्ष अधिकारीले कार्यकाल सकिँदै गर्दा आफ्नो जिम्मेवारी पनि नायब प्रबन्ध निर्देशक डोलेश्वर कोराइलालाई दिएर बिदा बसेका हुन्।