काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले सुरूआती अग्रता लिएका छन्।
निर्वाचन अधिकृत सम्झना खनालका अनुसार अहिलेसम्म २४७८ मत गन्दा विराजभक्तले १७१५ मत प्राप्त गरेका छन्। यो अहिलेसम्म गनेको मतको करिब ७० प्रतिशत हुन्छ।
विराजभक्तको तुलनामा उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सपना राजभण्डारी धेरै नै पछाडि छिन्। उनले २०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत खनालले जानकारी दिइन्।
नेकपा एमालेका राजेश शाक्य ११५ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमिले १५४ मत ल्याएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले १३३ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका राजन खड्गीले ४६ मत ल्याएका छन्।