चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना आज राति नै सुरू हुने भएको छ।
सर्वदलीय बैठकले आज राति नै मतगणना सुरू गर्ने निर्णय गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए।
'अबको आधा घन्टामा हामी मतगणना सुरू गर्नेछौं,' उनले भने।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अडिटोरियम हलमा मतगणना गर्ने तयारी गरिएको उनले बताए।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, नेकपा एमालेका शंकरराज थपलिया, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरूङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापा उम्मेदवार छन्।