एयर इन्डिया एक्सप्रेसले काठमाडौंमा नियमित उडान गर्ने भएको छ।
एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले बैंगलोर र मुम्बईबाट दैनिक काठमाडौं उडान सञ्चालन गर्न अनुमति पाएको छ।
जेठ १८ गते (जुन १) देखि बैंगलोरबाट दैनिक उडान बिहान ८:०५ बजे सिधै काठमाडौं आइपुग्ने र बिहान ९:०५ बजे प्रस्थान गर्ने गरी सञ्चालन गरिने छ।
विगतमा नेपाल एयरलाइन्सले काठमाडौंबाट बैंगलोरको लागि नियमित उडानहरू सञ्चालन गर्थ्यो। तर, हाल कुनै पनि उडान सञ्चालन गरिएको छैन।
एयर इन्डिया एक्सप्रेसले दुई सहरहरूबीच उडान सुरू गरेपछि बैंगलोरमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सहज हुने बताइएको छ।
भारतबाट धार्मिक पर्यटनका लागि नेपाल आउन चाहने यात्रुहरूका लागि पनि यस उडानले योगदन गर्नेछ। यो उडानसँगै दुई देशहरूबीचको पर्यटन र कनेक्टिभिटी पनि बढ्नेछ।