बोस्च पावर टुल्सका लागि नेपालका एकमात्र आधिकारिक वितरक इन्फ्राटेक प्रालिले दराज नेपालको ११.११ अभियानमा सहभागी हुँदै उच्च गुणस्तरका पावर उपकरणहरूमा १५ प्रतिशतसम्म छुटको घोषणा गरेको छ।
दराजमा उपलब्ध यो अभियान अन्तर्गत निर्माण, अटोमोबाइल तथा घर सुधारका लागि आवश्यक विभिन्न बोस्च उपकरणहरूमा विशेष छुट प्रदान गरिएको हो।
साथै, ‘फास्टेस्ट फिङ्गर फर्स्ट’ योजनाअन्तर्गत २२ हजार ९ सय रुपैयाँ मूल्यको प्रेसर वासर केवल ११ रुपैयाँमै खरिद गर्ने अवसर पनि ग्राहकहरूले पाउनेछन्।
उपलब्ध मुख्य उपकरणहरूमा कोण ग्राइन्डर, हिट गन, इम्प्याक्ट ड्रिल, रोटरी ह्यामर, बहुउपयोगी ड्रिल सेट र लेजर दूरी नाप्ने यन्त्र लगायतका मोडलहरू समावेश छन्।
बोस्च पावर टुल्सले विश्वभर झैँ नेपालमा पनि आफ्नो गुणस्तर, टिकाउपन र नवीन प्रविधिको विश्वसनीयता कायम राख्दै ग्राहकको उत्पादकता र कार्यक्षमता वृद्धि गर्ने लक्ष्य लिएको छ।
सन् २०१७ देखि नेपालमा आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको इन्फ्राटेक प्रालिले देशभर एक सयभन्दा बढी उप–वितरकमार्फत बोस्च उपकरणहरू बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अनुसार, सबै उपकरणमा एक वर्षसम्मको वारेन्टी र बिक्रीपछिको सेवा सुविधा उपलब्ध छ।
ग्राहकहरूले यी अफरहरू मंगलबार (आज) देखि दराजमा उपलब्ध बोस्चको आधिकारिक अनलाइन स्टोरमार्फत प्राप्त गर्न सक्नेछन्।