गोल्छा ग्रुपले ट्राफिक प्रहरी कार्यालयलाई २० वटा मोटरसाइकल सहयोग गरेको छ।
भदौ २४ गतेको आनदोलनको क्रममा ट्राफिक प्रहरी कार्यालयका सवारी साधनमा समेत क्षति पुगेपछि गोल्छा ग्रुपले सहयोग गरेको हो।
मंगलबार एक कार्यक्रमबीच गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले ट्राफिक प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन्।
