फुलसर्कलको आयोजनामा जोइन्ट पप–अप कार्निवल सम्पन्न भएको छ। एक दिने यस कार्निवलमा १५ सय भन्दा बढीको सहभागिता थियो।
सहभागीहरूले यसलाई सामान्य पप–अप बजारभन्दा निकै फरक रहेको बताए।
हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइल उत्पादन सहितका २५ भन्दा बढी स्टलदेखि लिएर गेमिङ जोन र ब्रान्ड एक्टिभेसनसम्म, आगन्तुकले यसलाई किनमेल भन्दा धेरै सांस्कृतिक उत्पसवमा सहभागी भएको अनुभव गरे।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्राण्डहरूको प्रायोजनमा–विशेषगरि इन्फिनिक्स विश्वव्यापी नवीनता र स्थानीय उद्यमशीलताको उत्साहलाई जोडेको आयोजकले बताएको छ।
कार्यक्रममा पुरस्कारको सहित व्यवस्था गरिएको थियो।