चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ।
डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असारभित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम सकिने छाँट देखिएको छैन।
महाराजगन्ज चोकदेखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ।
अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, फुटपाथ निर्माण जस्ता लेबरले गर्नुपर्ने काम भइरहेको छ।
निर्माण कम्पनीका एक प्रतिनिधिका अनुसार यही मंसिर महिनासम्म सडक कालोपत्रे गरिसक्ने उनले जानकारी दिएका छन्।
तस्बिरहरू:
-1763447362.jpg)
-1763447361.jpg)
-1763447357.jpg)
-1763447356.jpg)
-1763447354.jpg)
-1763447353.jpg)
-1763447355.jpg)
-1763447353.jpg)
-1763447354.jpg)
-1763447356.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी