सरकारले क्षतिग्रस्त बिपी राजमार्गको आपतकालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिसकेको छ। गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारको उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
गत असोज १० देखि १३ गतेसम्मको वर्षातपछि रोशी खोलमा आएको भेलबाढीले बिपी राजमार्गको करिब २५ किलोमिटर खण्डमा क्षति पुर्याएको थियो। करिब १३ किलोमिटर भाग कटान गरेको थियो।
बिग्रिएको बिपी राजमार्गलाई चार खण्डमा टुक्र्याएर ठेक्का लगाइएको छ। सिन्धुलीतर्फको भाग सडक डिभिजन सिन्धुलीले पुनर्निर्माण गर्दैछ। नेपालथोकदेखि भकुण्डेबेसीसम्मको भाग तीन खण्डमा ठेक्का लगाइएकामा दुई खण्ड सडक डिभिजन भक्तपुरले पुनर्निर्माण गर्न लागेको हो। नेपालथोक–भकुण्डेबेसी अन्तर्गत् बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्डका लागि जापान सरकारले अनुदान दिएको हो।
बिपी राजमार्ग पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले साढे आठ अर्बको स्रोत सुनिश्चित गरेको छ।
तस्बिरहरूः
-ink-1754020620.jpeg)
-ink-1754020619.jpeg)
-ink-1754020619.jpeg)
-ink-1754020618.jpeg)
-ink-1754020618.jpeg)
-ink-1754020618.jpeg)
-ink-1754020616.jpeg)
-ink-1754020616.jpeg)
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी।