काठमाडौंको बानेश्वरमा भएको जेन–जी प्रदर्शनले संसद भवन परिसर प्रवेश गरेपछि सेना तैनाथ गरिएको छ। सेना परिचालन गर्ने आदेश भने भएको छैन।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथि राजाराम बस्नेतले शान्ति सुरक्षा कायम गर्न एउटा सानो टुकडी तैनाथ गरिएको जानकारी दिए।
'स्थानीय प्रशासनको अनुरोधमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा कायम गर्न तैनाथ गरिएको छ,' उनले भने।
सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको छ।