समयमा नै बाथ रोगको उपचार नगरे शरिरका अंगहरुलाई ‘ड्यामेज’ गर्छ


बाथ भनेको अथोराइटिस हो। तराईतिर कतिपयले यसलाई कठिया बाथ भनेर पनि भन्छन्।  यसले मानिसको अस्थिपन्जर प्रणालीलाई असर गर्छ। दुखाईबाट सुरु हुने रोग बाथ हो। यो एउटै किसिमको हुदैन्।

बाथ २ सय प्रकारका हुन्छन्।  कुनै व्यक्ति विशेषलाइ यो बाथ हुने होइन, जुनसुकै उमेरमा, जुनसुुकै बेला पनि जोसुकैलाई हुनसक्ने रोग बाथ हो।

यो एउटा सुरुवाति लक्षण भनेको दुखाईबाट हुन्छ। जसरी दिन वित्दै जान्छ समयमै उपचार भएन भने भयावह रोगको रुपमा आकार लिन्छ।  नशा, जोर्नी, मांसपेसी दुखेर उत्पत्ति हुने रोग बाथ हो ।

हड्डी, मासु, नशा, फोक्सो, मुटु र आँखा जहाँबाट पनि बाथ सुरु हुनसक्छ।  अहिलेसम्म यही कारणले बाथ हुन्छ भनेर पत्ता लागेको छैन। यो अटोनोनिजम डिजिज हो। शरिरको भित्रबाट उत्पत्ति हुन्छ।

हरेक मान्छेमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ। जसलाई हामीले इमनो डिफेन्सिभ पावर भन्छौं। बाथ भनेकै त्यो पावरलाई कमजोर पार्नेगरी उत्पन्न भएको पावरबाट बाथ जन्मन्छ।

हामीले बाथलाई चार किसिममा विभाजित गरेका छाैं ।

१. इनहेरिटेन्स बाथः आमामा बाथ भएर जन्मिने बालकमा हुने बाथ
२. बालबालिकामा हुने बाथ : १५ वर्षसम्मकालाई हुने बाथ
३. बयस्क बाथ : १५ देखि ४० उमेरकालाई हुने बाथ
४. अर्को ४० वर्षमाथिकालाई हुने बाथ

हामीले केही परीक्षणपछिमात्र यो मान्छेलाई यो किसिमको बाथ हो भनेर पत्ता लगाउछौं।  यसका कारण केही हुन्छन् बंशानुगत ।  अर्को  खानपिनका कारण हुने बाथ, हाइ प्रोटिन खानाका कारण हुने अरु रोगको कारण हुने बाथ बाथ सरुवा रोग भने होइन।

बाथको पहिचानः
कसैको मांसपेसी,आँखा, टाउको, जोर्नी, नशा दुख्छ। सर्वप्रथम दुखाइबाट हुन्छ। त्यो जहाँ पनि हुनसक्छ।  विहानपख सुतेर उठ्दा शरिर जाम हुने। प्राय हातका साना आँख्ला दुख्ने, सुन्निने, मुठी बान्न गाह्रो हुने हुन्छ। त्यसपछि विस्तारै फैलिँदै जान्छ।

कति बृद्धा अवस्थामा पाखुरा उठाउनै गाह्रो हुन्छ। यस्ता किसिमका लक्षण सुरुवाती हो।  बाथका आफ्नै लक्षण हुन्छन्। त्यस्ता बाथलाई भिन्नभिन्नै नामाकरण पनि गर्छाै।
कलिलो उमेरमा हुने बाथलाई जुबिनाइल इडियोपेथिक अथोरेटिज भन्छौं। यसमा बच्चालाई दुखाईबाट सुरु हुन्छ। शरिरका विभिन्न भागमा गिर्खाहरु आउँछ। कहिले फियो, कलेजो बढ्छ, जन्डिस आउछ। समयमै उपचार नगरे कठिन हुनसक्छ।

कतिपयको आँखा रातो हुने , कपाल झर्ने हुन्छ तर यो कमन बाथ होइन।  यो छोरी मान्छेलाई हुन्छ। अरु बाथ पनि छोरी मान्छेलाई पनि धेरै हुन्छ। यसको कारण हामीलाई अहिलेसम्म थाहा छैन ।

त्यस्तै ४० वर्ष मुनिकालाई हुनेमा कपाल झर्ने, नङ झर्ने, शरिरमा डाम बस्ने, चिसो पानीमा हात राख्दा निलो रातो हुँदै जान्छ। यो पनि सामान्य बाथ होइन। तर यो

हजारौंमा एकलाई मात्र हुन्छ।  यस्ता बाथले शरिरका विभिन्न अंगलाई कमजोर बनाउँदै जान्छन्। मुटु फोक्सोमा असर गर्दै जान्छन्।  जस्तै अरु कमन बाथ हुन्छन्।
जस्तै युरिक एसिड पनि बाथ हो।

हामीले उच्च प्रोटिन भएका खाना खान्छौं। पेय पदार्थ, चिल्लो खाएका हुन्छौं। त्यस्ता खाना शरिरमा जान्छ र त्यो रुपान्तरण भएर युरिक एसिड बन्छ र हाम्रो खुट्टाको बुढी औंलामा गएर जम्छ।

त्यसपछि सुरुवाति लक्षण भनेको विहान हिड्न, बस्न उठ्न गाह्रो गरिदिन्छ। खुट्टाको बुढी औला रातो निलो हुन्छ। यसको लक्षण तलमाथि माथितिर जान्छ। यसको उपचार नभएपछि ठुलो गिर्खा ल्याउँछ। जुन क्यान्सरजस्तो देखिन्छ। उपचार नभए त्यो पाक्छ। विस्तारै किड्नीमा असर गर्छ।

बाथ साधारण रोग होइन यो यसको समयमै पहिचान र उपचार गर्नपर्छ। कुन किसिमको जाँचदेखि उपचारको विधि पनि फरक हुन्छ।  बाथलाई लिएर गाउँघरमा अफवाह पनि छ।

अभिशापको रुपमा लिने कुपरम्परा छ। यो बिल्कुलै गलत हो। यसको उपचार विधि छ र यसको प्रभाव न्यूनिकरण गर्न सकिन्छ। पहिले विरामी आउँदैन थिए तर अहिले आउने गरेका छन्। जनचेतना पनि बढेको छ।

उपचार पद्धतिः

सबैभन्दा पहिले बाथको प्रकार पत्ता लगाइन्छ। कहाँबाट दुखाई सुरु भयो वा कहाँ दुखिरहेको छ? यी सबै केही केही रोगीको इतिहास र प्राथमिक पत्ता लगाउछौं। केही जटिलताहरु छन् कि छैनन् भनेर पत्ता लगाउछौं।

त्यसपछि बाथको पहिचान गर्छौ। औषधि चलाउछौं। औषधि चलाउनुभन्दा पहिले केही कुरामा ध्यान दिन्छौं।  महिला पुरुष, सामाजिक आर्थिक अवस्था। यसपछि रोगीलाई परामर्श गर्छौ। किनभने यो आजको भोलि निको हुने रोग होइन।

यो दिर्घरोग नै हो। खर्च गर्नसक्ने अवस्था हेरेर औषधि दिन्छौं। त्यसमा पहिला दुखाई कम गर्ने र पछि जटिलता मिनिमाइज र अन्तिममा ड्यामेज मिनिमाइज गर्ने औषधि सिफारिस गर्छाै।

त्यसको अलवाह हामी योगा व्यायाम, फिजियोको सिफारिस गर्छाै। ओरल थेरापी पछि पनि राम्रो रेस्पोन्स नआएपछि विस्तृत जानकारी दिई उपचार गर्छौ।
समग्रमा बाथ प्राणघातक रोग हो। जसको सुरुवात दुखाइबाट हुन्छ। यसले शारिरिक अवस्था नै ड्यामेज गरिदिन्छ।

युरिक एसिडको बाथलाई उपचारमात्र होइन। बढी प्रोटिन भएका खानाहरु नखाने, चिल्लो पिरो,धेरै नखाने, घाममा नजाने, व्यायाम,योगा निरन्तर गर्नेजस्ता सावधानी भने सँधै अपनाउनुपर्छ।

अल्का अस्पतालमा कार्यरत बाथ राेग बिशेषज्ञ गुप्तासँग रबीन्द्र शाहीले गरेको कुराकानीमा अाधारित

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.