केएल टावरमा मोबाइलको मेला, जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने


काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने छ ।

केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रपका ब्राण्ड एम्बासडर बिजय लामाले गरेका थिए ।

यसको साथै मेलामा ६० प्रतिशत सम्म छुटका मोबाइल पनि रहेका छन् अफर भित्रको पनि अफर योजना लगायत केएल मोबाइल हबको योजना सँगै बिभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समाबेश गरिएको छ ।

मेगा मेलामा नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटको कारोबा हुने छ भने घरमा थन्कीएर बसेका नबन्ने मोबाइल सेटहरु पनि साट्न पाइने ब्यबस्था गरिएका कारण ग्राहकले प्रत्यक्ष फाइदा लिन सक्ने बिश्वास केएल मोबाइल हबका सेल्स मेनेजर अजय लामाको छ । मेगा मेला तिहार सम्म संचालनमा आउने छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.