फेस अफ सामसङका रुपमा ज्योत्स्ना योगी


आइएमबिज, सामसङ इलेक्ट्रोनिक्स नेपालले ज्योत्स्ना योगीलाई न्यू फेस अफ सामसङको कदर गरेको छ ।

योगी नेपालकी मोडल हुन्, उनले विभिन्न विज्ञापन, म्युजिक भिडियोहरु, पत्रपत्रिकाहरुका कभर पेज तथा नेपाली चलचित्रहरुमा आफूलाई प्रस्तुत गर्दै आएकी छिन् । आइएमबिज, सामसङ इलेक्ट्रोनिक्सका प्रमुख प्रणय रत्न स्थापितले उनीसँग सहकार्य गरेर अघि बढेको बताए।

सामसुङ कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुमा नयाँ नयाँ विकास गर्दै अघि बढिरहेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.