एनएमबी बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले सिस्टम इन्जिनियर, डेटा इन्जिनियर र बिजनेस सिस्टम एनालाइस्ट पदमा कर्मचारी माग गरेको हो।
सिस्टम इन्जिनियर पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स/आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।
साथै, उससँग सिस्टम एडमिनिष्ट्रेसन, क्लाउड कम्प्युटिङ, आइटी इन्फ्रास्टक्चर म्यानेजमेन्टसँग सम्बन्धित चार वर्षको कार्य अनुभव हुनु पर्नेछ।
यस्तै, डेटा इन्जिनियर पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स/आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइनेछ। साथै सम्बन्धित क्षेत्रमा ४ वर्ष काम गरेको हुनु पर्नेछ।
बिजनेस सिस्टम एनालाइस्ट पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स/आइटी/इन्जिनियरिङ/बिजनेस एडमिनिष्ट्रेसन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।
साथै, उसँग टेक्निकल प्रोजेक्ट वा बिजनेस एनालाइस्ट सम्बन्धी काम गरेको ४ वर्षको अनुभव हुनुपर्नेछ।
इच्छुकले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।