भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले पोखराका लागि रिजनल एडमिन र पोखरा र टाडीका लागि एरिया सेल्स रिप्रेजेन्टेटिभ पदमा कर्मचारी माग गरेको हो।
रिजनल एडमिन पदमा आवेदन दिने इच्छुकले व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
सोही क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। फ्रेसरले पनि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ।
यस्तै, एरिया सेल्स रिप्रेजेन्टेटिभ पदको लागि एसएलसी वा +२ उत्तीर्ण गरेको हुनुपर्नेछ। फ्रेसरले आवेदन दिन सक्नेछन्।
इच्छुकले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।