जानकी फाइनान्समा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले एक जना सिनियर आइटी अफिसर माग गरेको हो।
आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्फरमेसन टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर तह उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
साथै, आवेदकसँग कुनै पनि बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
इच्छुकले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।