वैदेशिक रोजगार विभागको आँकडामा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारमा जानेको संख्या बढेको देखिएको छ।
आर्थिक वर्ष २०८०–८१ पुस मसान्तसम्म वैदेशिक रोजगारका लागि तीन लाख ४० हजार ३२७ जनाले श्रम स्वीकृति लिएका थिए।
२०८१–८२ पुस मसान्तसम्म तीन लाख ९३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यो आर्थिक वर्षको ६ महिनामा ५२ हजार ७३९ बढी अर्थात १५.४८ प्रतिशत बढीले श्रम स्वीकृति लिएका हुन्।