एनसेलले चिफ बिजनेस अफिसर (सिबिओ) माग गरेको छ।
आवेदकको योग्यता बिजनेस एड्मिनिष्ट्रेसनसँगै इन्जिनियरिङमा स्नाकोत्तर गरेको हुनु पर्नेछ।
इच्छुकको सूचना प्रविधि क्षेत्र अन्तर्गत सोलुसन एण्ड प्रडक्ट डेभलपमेन्ट र मार्केटिङमा २० वर्ष अनुभवसहित उच्च नेतृत्वमा रहेर कम्तीमा १० वर्ष अनुभव हुनु पर्नेछ।
चिफ बिजनेस अफिसरले मुख्य रूपमा कम्पनीको समग्र उद्यम र व्यापारदेखि व्यवसाय (बिटुबी) सञ्चालनहरू लगायत साझेदारीमा फिनटेक उत्पादनहरूको निरीक्षणको गर्नु पर्नेछ।
चिफ बिजनेस अफिसरले कम्पनीको आम्दानी वृद्धि, ग्राहकसँगको सम्बन्ध वृद्धि, ठूला कर्पोरेट ग्राहक, सरकारी एजेन्सी र अन्य व्यापारिक ग्राहकसँगको रणनीति निर्माणमा काम गर्नु पर्नेछ।