नेपाल विकासशील राष्ट्र बन्ने तयारीस्वरूप अर्थ मन्त्रालयले रणनीति कार्यान्वयनका लागि गृहकार्य थालेको छ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्ण तयारीका साथ अघि बढ्न निर्देशन दिएका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले संक्रमणकालीन रणनीतिलाई समयसापेक्ष बनाउन समन्वय आवश्यक रहेको बताए।
बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा विकासशील राष्ट्रको आवश्यकता अनुसार नीति, योजना र कार्यक्रम तय गर्ने विषयमा छलफल गरिएको छ।
अर्थ मन्त्रालयको प्राथमिकतामा दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, स्थिर मौद्रिक नीति, वित्तीय स्रोत परिचालन र उच्च प्रतिफलयुक्त परियोजनामा लगानी गर्ने गरी कार्यक्रम ल्याउन आग्रह गरिएको छ।
स्तरोन्नतिका मुख्य मापदण्डमा प्रति व्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचक र आर्थिक तथा वातावरणीय जोखिम सूचक समावेश छन्।
विकासशील राष्ट्र भएपछि व्यापार, लगानी, दिगो विकास, र राष्ट्रिय छविमा सुधार आउने अपेक्षा गरिएको छ।
नेपाल २०२६ नोभेम्बरमा विकासशील राष्ट्र बन्दैछ।