खल्तीका सह-संस्थापक अमित अग्रवालले डिजिटल कारोबारको लागत घटाउनु पर्ने बताएका छन्।
सेतोपाटीले आयोजना गरेको 'फिनटेक कन्क्लेभ' अन्तर्गत 'प्रायाक्टिकल च्यालेन्जेज इन डिजिटल पेमेन्ट्स' विषयक छलफलमा बोल्दै उनले नेपालमा डिजिटल कारोबारको लागत निरन्तर बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।
'लगानी बढिरहेको छ, तर यहाँको प्रयोगकर्ताको संख्या हेर्दा लागत उठ्न गाह्रो देखिन्छ,' उनले भने।
अग्रवालले डिजिटल भुक्तानी प्रणालीलाई दिगो बनाउन लागत व्यवस्थापन र प्रयोगकर्ता वृद्धि दुवैतर्फ ध्यान दिन आवश्यक रहेको बताए।
नेपालमा डिजिटल बैंकिङ सेवा तीव्र गतिमा अगाडि बढ्नुमा फोनपेले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। बैंकहरूको मोबाइल एप विकासदेखि क्युआर कोड इकोसिस्टम विस्तारसम्म फोनपेको अग्रसरताले डिजिटल कारोबारलाई सहज बनाएको उल्लेख गरे।
बैंकहरूबीच सहज रूपमा रकम स्थानान्तरण गर्न सकिने व्यवस्थाले पनि डिजिटल कारोबारलाई अगाडि बढाउन मद्दत गरेको उनले बताए।
धेरैजसो बैंकको माबाइल एप फोनपेले बनाएको र क्युआरकोड पनि इकोसिस्टममा फोन पेले नै अग्रसरता लिएकोले पनि नेपालमा डिजिटल बैंकिङ सेवामा सहयोग पुगेको बताए। बैंकहरूबीच रकमान्तर गर्न सकिने व्यवस्थाले पनि यसलाई अगाडि बढायो।
नेपालमा डिजिटल कारोबारको लागत भने बढ्दो रहेको उनले बताए।
'दुई वर्षअघि हामीले हाम्रो प्रतिइकाइको लागत हिसाब गरिरहेका थियौं। हामीले प्रतिवर्ष ५ करोड बराबरको कारोबार गरिरहेका थियौं। हाम्रो लागत पनि ५ करोड रूपैयाँ नै देखियो,' उनले भने, 'यसरी हेर्दा त हाम्रो प्रतिइकाइ लागत एक रूपैयाँ मात्रै देखियो। तर, हामी सो समय ०.१ रूपैयाँ मार्जिन लिएर काम गरिरहेका थियौं। त्यसैले प्रति इकाइ लागतको हिसाबले काम गरिरहेको थिएन। लगत बढ्दो छ तर त्यो यहाँको प्रयोगकर्ताको संख्याको आधारले धान्ने देखिदैन।'