अब विद्युतीय सवारी साधनमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।
हाल विद्युतीय सवारी साधन खरिदका लागि व्यक्तिगत कर्जामा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइन्थ्यो।
त्यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने निजी सवारी साधन किन्न पनि ६० प्रतिशतसम्मै कर्जा पाइने भएको छ। यसअघि ५० प्रतिशतसम्म कर्जा पाइन्थ्यो।
सार्वजनिक सवारी साधनमा भने बैंकहरूले आफ्नो स्वविवेक अनुसार कर्जा दिँदै आएका थिए। अब यस्तो कर्जामा पनि ६० प्रतिशतसम्म मात्रै पाइने भएको हो।